२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

अ+ अ-

भरतपुर । चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने भएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय’ बनाउन लागिएको हो । 

परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले जानकारी दिए । उनका अनुसार करिब रु दुई करोडको लागतमा सङ्ग्रहालय बनाउन लागिएको हो । 

अहिले भरतपुर महानगरपालिकाको सहयोगमा भवनको डिपीसीसम्मको काम सम्पन्न भएको छ । सभा हलसहित चार तलासम्मको भवन निर्माण गर्न लागिएको छ । “नयाँ पुस्तालाई आफ्नो परम्परागत पेसाबारे ज्ञान छैन”, उनले भने, “हाम्रो संस्कृतिको विषयमा अध्ययन गर्न मिल्ने गरी सङ्ग्रहालय बनाउन लागेका हौँ ।”

परियारको समुदायको दर्जी, सूचीकार, नगर्ची, ढोली, हुडकेलगायतका थर हुन्छन् । यो समुदायको मुख्य पेसा विवाह, जात्रा र पूजा जस्ता अवसरमा पञ्चेबाजा बजाएर कार्यक्रम आरम्भ गर्ने, सिलाइ र पोसाक बनाउने हो । आजभोलि परियार समुदायले अपनाउँदै आएको पेसा अन्य समुदायले अवलम्ब गर्न थालेको समाजका अगुवा शेरबहादुर परियारले बताए । 

“हामीले बाजा बजाउन, सिलाउन अन्य समुदायलाई सिकायौँ । तर हाम्रा छोराछोरी नातिनातिनाले सिकेनन्”, उनले भने, “अब संरक्षण गरिएन भने केही वर्षमा हाम्रो पेसाको इतिहाससमेत मेटिन सक्छ ।” उनले संस्कृति लोप हुन लागेकाले संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको बताए । 

सङ्ग्रहालय निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । यहाँबाट पञ्चेबाजा बजाउन सिकाउने र पुराना बाजाहरूको संरक्षणसमेत गरिने छ । परियार समुदायको पोसाकको संरक्षणसँगै विगतमा सिलाइकटाइ गर्दा प्रयोग गरिने सामग्रीको संरक्षणसमेत गरिने उनले जानकारी दिए । 

विगतमा जन्मदेखि मृत्युसम्म परियार समुदायले सिलाएको कपडा लगाउनेदेखि शुभ साइतका लागि बाजा बजाउने प्रचलन थियो । सङ्ग्रहालयले परियार समुदायको जातीय पहिचानसहित ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुर्‍याउने विश्वास लिइएको छ । 

तीन वर्षमा निर्माण गरिसक्ने लक्ष्य राखेर थालिएको सङ्ग्रहालय निर्माणका लागि रु दुई करोडमध्ये हालसम्म भरतपुर महानगरपालिकाले रु १० लाख उपलब्ध गराएको छ भने बाँकी रकम जुटाउने क्रममा रहेको कोषाध्यक्ष डिल्लीबहादुर परियारले बताए । 

“भरतपुर महानगरपालिका, प्रदेश सरकार तथा विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोग जुटाएर भवन निर्माण गर्न लागेका हौँ”, डिल्लीबहादुरले भने, “सबैको सहयोग भएमा परियार समाजको संस्कृतिलाई अध्ययन केन्द्रको रूपमा विकास गर्दैछौँ ।” नेपालमा परियार समुदायको जनसङ्ख्या छ लाखको हाराहारीमा छ ।