२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिको कार्यालय

स्थापना: २०६५ साल साउन ८ गते

पदाधिकारी

श्री रामचन्द्र पौडेल

सम्माननीय राष्ट्रपति

श्री माहादेव पन्थ

सचिव

श्री रितेशकुमार शाक्य

सहसचिव(प्रवक्ता)

अर्चना खड्का (अधिकारी)

उपसचिव(सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारी)

परिचय

राष्ट्रपतिको कार्यालयको संक्षिप्‍त परिचय

तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क. मा नेपालमा एकजना राष्ट्रपति रहने संवैधानिक व्यवस्था पहिलो पटक गरिएको थियो। सोही संविधानको धारा ३६ट. मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यलाई सहयोग पुर्‍याउनको लागि छुट्टा छुट्टै कार्यालय रहने र कार्यालयको काम कारवाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा व्यवस्थापन सम्बन्धी अन्य विषय नेपाल सरकारले व्यवस्था गर्नेछ भन्ने संवैधानिक व्यवस्था भएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०६५/३/३० को निर्णयले त्यस बेला परराष्ट्र मन्त्रालय रहेको शीतलनिवास भवनमा राष्ट्रपतिको कार्यालय रहने व्यवस्था भएको हो ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६ख. बमोजिम व्यवस्थापिका-संसदबाट राष्ट्रपति निर्वाचित भई सम्वत् २०६५ साल साउन ८ गते तसम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानन्यायाधीश केदारप्रसाद गिरीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सोही मितिबाट औपचारिक र विधिवत रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नु भए सँगै राष्ट्रपतिको कार्यालयको कार्यसञ्चालन प्रारम्भ भएको थियो।

विक्रम सम्वत् २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा ६१ को उपधारा (१) ले नेपालमा एक राष्ट्रपति रहने संवैधानिक व्यवस्था गरेको र धारा ७३ ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टा छुट्टै कार्यालय रहने र कार्यालयको काम कारवाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था नेपाल सरकारले गर्नेछ भन्ने समेतको संवैधानिक व्यवस्था रहेकोले विगत कै निरन्तरता स्वरुप राष्ट्रपतिको कार्यालयले नेपालको संविधान एवम् संघीय कानून बमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्यलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने एवं त्यसरी सम्पादन भएका कार्यलाई अभिलेखीकृत, प्रणालीबद्ध र संस्थागत गर्ने कार्य गर्दै आएको छ ।

सेवाहरू

विद्यमान संवैधानिक र कानूनी व्यवस्था, कार्यालयमा उपलब्ध अभिलेख र व्यवहारिक रुपमा गरिआएका कामहरूको आधारमा यस कार्यालयबाट तपशिल बमोजिमका कार्यहरू सम्पादन हुदैँ आएका छन् :-

  • सम्माननीय राष्ट्रपतिज्यू संलग्न रहनुहुने औपचारिक/अनौपचारिक कार्यक्रमहरूको व्यवस्थापन र समन्वय गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूबाट हुने सम्बोधन, शुभकामना सन्देश आदि तयार गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूको स्वदेशी तथा विदेशी व्यक्तित्व भेटघाटको व्यवस्थापन गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूलाई सम्बोधन गरी प्राप्त निवेदन तथा ज्ञापन पत्रहरूको अध्ययन, विश्लेषण गरी प्रतिक्रिया/जवाफ दिने,
  • विधेयक प्रमाणीकरण तथा अध्यादेश जारी गर्ने सम्बन्धी कार्य,
  • सम्माननीय राष्ट्रपतिज्यूबाट हुने संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरूको नियुक्ति, शपथ र प्रतिवेदन ग्रहण आदि कार्यक्रमहरूको व्यवस्थापन सम्बन्धी कार्य,
  • नेपाली राजदूतको नियुक्ति र शपथ सम्बन्धी कार्य,
  • विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र ग्रहण सम्बन्धी कार्यक्रम व्यवस्थापन गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूको स्वदेश तथा वैदेशिक भ्रमणको व्यवस्थापन सम्बन्धी कार्य,
  • राष्ट्रपति कार्यालयसँग सम्बन्धित महत्वपूर्ण गतिविधिहरूलाई प्रेस विज्ञप्तिमार्फत सञ्चार माध्यमबाट सार्वजनिक गर्ने,
  • कार्यालयसँग सम्वद्ध बिषयमा अदालतमा पर्ने निवेदनहरूमा लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धी कार्य,
  • सजाय माफी, विभूषण तथा अलङ्कार प्रदान सम्बन्धी कार्य,
  • राष्ट्रपति कार्यालय सम्वद्ध अन्तर्राष्ट्रिय सम्बन्ध तथा समन्वय एवम् पत्राचार सम्बन्धी कार्य,
  • कार्यालयको दैनिक रुपमा सम्पादन गर्नुपर्ने प्रशासनिक कार्यहरू,
  • सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख प्रशासकीय निकायका रुपमा गर्नुपर्ने अन्य आवश्यक कार्यहरू,
  • कार्यालयको वार्षिक कार्यक्रमको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण सम्बन्धी कार्यहरू,
  • सम्माननीय राष्ट्रपतिज्यूबाट हुने आदेश/निर्देशन बमोजिमका अन्य कार्यहरू ।