११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्जीबिनै यार्सागुम्बा संकलन शुरु

अ+ अ-

भीमदत्तनगर । विगत झैँ यस वर्ष पनि प्रदेश नं ७ मा यार्सागुम्बा पाइने जिल्ला दार्चुला र बझाङमा यार्सा संकलनका लागि जाने क्रम शुरु भइसकेको छ ।

दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले आगामी जेठको दोस्रो सातादेखि यार्सा पाइने अपिनाम्पाको उच्च हिमाली भेगमा जानका लागि संकलन पूर्जी दिने तयारी गरेको छ । यहाँको उच्च हिमाली भेगमा यार्सा संकलक गएर बसोबास र खाद्यान्नको व्यवस्थापनमा जुटिसकेको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उनले यार्सागुम्बा व्यवस्थापन, २०७३ निर्देशिका अनुसार अपिनाम्पा संरक्षणमा जेठको दोस्रो साताबाट शुरु हुने बताए ।

दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, सित्तोला, गुल्जर, व्यास र राप्लाको उच्च हिमाली भेगमा यार्सागुम्बा संकलन गरिन्छ । “नियमअनुसार हामीले नागरिकता भएकाहरुलाई मात्रै संकलन पूर्जी दिन्छौँ,” प्रमुख संरक्षण अधिकृत उपाध्यायले भने, “यहाँका स्थानीयवासीको पुरानो चलन भनेको स्कूल नै बन्द गरेर बालबालिकासमेत संकलनमै लैजाने रहेछ ।” उनले यस वर्ष हिउँ नपग्लिएकाले अहिले संकलन शुरु नभइसकेको जानकारी संकलकबाट आएको बताए । “अहिले हिउँ नै भएकाले संकलन गर्न समस्या छ भन्ने खबर आएको छ ।” उनले भने, “संकलकहरुलाई पूर्वतयारीका लागि भोलिबाट नै पूर्जी दिन्छौँ ।”

संकलित यार्सा खरिदका लागि सुदूर पूर्वको झापादेखि काठमाडौँ, विराटनगरदेखि जुम्लासम्मका यार्सा व्यापारी दार्चुला र बझाङ पुग्ने गरेका छन् । संकलकबाट यार्सा व्यापारीले रु १२ लाखदेखि रु १५ लाख प्रतिकिलोमा खरिद गर्छन् भने रु २०–२२ लाख प्रतिकिलोका दरले बिक्री वितरण गर्ने गरेका छन् । गत वर्ष दार्चुलामा साढे सात क्विन्टल यार्सा संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

“संकलन भएको यार्सा व्यापारीले प्रतिकिलो रु २५ हजार राजश्व तिरेर छुट पूर्जी लिएर जान्छन् ।” प्रमुख संरक्षण अधिकृत उपाध्यायले भने, “व्यापारीहरु धेरैजसो यार्सा किनेर काठमाडौँ लैजान्छन् ।” यार्साबाट मनग्य आम्दानी हुन थालेपछि दार्चुलामा स्थानीयवासीको संकलनमा बढी जोड रहँदै आएको छ ।

त्यसैगरी यार्सा पाइने अर्को पहाडी जिल्ला बझाङमा पनि यार्सा संकलक स्थानीयवासी उच्च हिमाली भेग पुगिसकेका छन् । यार्सा संकलनका लागि संकलन पूर्जी दिने जिल्ला वन कार्यालय बझाङको तयारी रहे पनि संकलकहरु पूर्जी लिन नआएको निमित्त वन अधिकृत कर्णबहादुर खत्रीले जानकारी दिए ।

संकलन पूर्जी लिन नआए पनि यार्सा संकलनका लागि स्थानीयवासी यार्सा पाइने बझाङको हिमाली भेग काँडा, धमेना, सुनिकोट, दवालीचौर, दहबगर र सुर्मा क्षेत्रमा पुगिसकेका छन् । गत वर्ष बझाङमा तीन क्विन्टलभन्दा बढी यार्सा संकलन भएको निमित्त वन अधिकृत खत्रीले जानकारी दिए ।  “अहिले संकलन पूर्जी लिन नआए पनि व्यापारी यार्सा गरिद गरेर छुट पूर्जी लिन यहाँ आइहाल्छन् ।” उनले भने, “यहाँ पनि यार्सा संकलनको समयमा विद्यालय बन्द रहन्छन ।” बझाङमा यार्सा पाइने स्थानहरु सदरमुकाम चैनपुरबाट तीनदेखि पाँच दिनको पैदल दूरीमा पर्छन् । रासस

प्रतिक्रिया दिनुहोस