काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सयले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सयमा कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला दुई हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।