काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
बैठक केही बेर अगाडि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो ।
आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ ।
बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन्।