काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने समय थप गरेको छ ।
एसईईमा समावेश हुन चाहने परीक्षार्थीहरूका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउने अन्तिम म्याद २०८२ जेठ ११ गतेसम्म तोकिएकोमा विद्यालय, विद्यार्थी र अभिभावकहरूको माग बमोजिम उक्त फाराम भर्ने अन्तिम म्याद २०८२ जेठ ३० गतेसम्म कायम हुने गरी समय थप गरेको हो ।
विद्यालयहरूले उक्त फाराम रुजु गरी राजस्व शीर्षक नं १४२२३ मा तोकिएको राजस्व रकम जम्मा गरेको भौचरसहित असार ८ गते आइतबारसम्म शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।
यस अघि कार्यालयले जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो।
