८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

अ+ अ-

एएफपी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपायहरू बढाउने आदेश दिएको बताएका छन् ।

“मैले विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा व्यवस्था बढाउन र राज्यका प्रतिनिधिहरूको सुरक्षा बढाउन निर्देशन दिएको छु”, उनले भने, “हामी यहुदी विरोधी भावना र इजरायल राज्यविरुद्धको जंगली उक्साहटको भयानक मूल्य देखिरहेका छौँ ।”

बुधबार राति वासिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी सङ्ग्रहालयमा युवा पेशेवरहरू र कूटनीतिक कर्मचारीहरूका लागि सामाजिक कार्यक्रम भइरहेको बेला सङ्ग्रहालय बाहिर गोली हानाहान भएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको एक भिडियो क्लिपमा ज्याकेट र सेतो सर्ट लगाएका एक जना दाह्री भएका युवकलाई प्रहरीले लैजाँदा “फ्रि, फ्रि प्यालेस्टिन’ भनेर चिच्याएको देखाइएको छ । संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार पीडितहरू विवाह गर्ने योजना बनाएका एक युवा दम्पती थिए ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घातक आक्रमणबाट आफू ‘स्तब्ध’ भएको तर दुई देश ‘हाम्रा जनताको रक्षामा एकजुट हुने’ बताएका छन् ।

“इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान लिएको यो घृणा, यहुदी विरोधको घृणित कार्य हो”, हर्जोगले भने, “अमेरिका र इजरायल हाम्रा जनता र हाम्रा साझा मूल्यहरूको रक्षामा एकजुट हुनेछन् । आतंक र घृणाले हामीलाई तोड्ने छैन ।”

विदेशमन्त्री गिडियोन सारले पनि आक्रमणबाट आफू ‘डराएको’ भन्दै इजरायलले ‘आतंक’ मा नझुक्ने प्रतिज्ञा गरे। “विशेष गरी यस समयमा विश्वभरका इजरायली प्रतिनिधिहरूले निरन्तर उच्च जोखिमको सामना गरिरहेका छन्”, उनले भने, “हामी अमेरिकी अधिकारीहरूसँग निकट सम्पर्कमा छौँ । इजरायलले आतकका सामु आत्मसमर्पण गर्ने छैन ।”

प्रतिक्रिया दिनुहोस