६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुग्ध किसानको ८० करोड भुक्तानी गर्न बाँकी रहेको कृषि मन्त्रीको स्वीकारोक्ति, तर कहिले तिर्ने छैन जवाफ !

अ+ अ-

काठमाडौँ । किसानबाट सस्तोमा दूध किनेर उपभोक्तालाई महँगोमा बेच्दा पनि सरकारले दुग्ध किसानको भुक्तानी वर्षौँदेखि रोकिराखेको छ। कठिन परिस्थितिमा व्यवसाय सञ्चालन गरिरहेका दुग्ध किसानहरूबाट दूध लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले ८० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको तथ्य स्वयं मन्त्रीले स्वीकार गरेका छन्।

प्रतिनिधि सभाको सोमबार बिहान ११:०० बजेको बैठकमा सांसद प्रेम सुवालले प्रश्न उठाएका थिए, “नेपालका डेरीहरूबाट दुग्ध किसानले पाँच अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाएका छैनन्, यो सत्य हो ? सरकारी डेरीले पनि किसानको भुक्तानी किन रोकेको छ ?” जवाफमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भने, “हामीले किसानसँग उधारोमा दूध लिएर ८० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ, यो सत्य हो।”

मन्त्री अधिकारीले सरकारी र निजी डेरीहरूसँग पटक–पटक बैठक बसेको र पछिल्लो बैठक पाँच दिनअघि मात्र भएको बताउँदै चाँडै भुक्तानीको व्यवस्था गरिने दाबी गरे। तर, उनले कहिलेसम्म तिर्ने भन्ने ठोस मिति भने खुलाएनन्।

कृषिमैत्री वातावरणको अभावमा नेपाली किसानहरू पहिल्यैदेखि सङ्कटमा छन्। यस्तोमा कठिनाइका बीच उत्पादन गरेको दूधको भुक्तानी समेत सरकारले रोक्दा किसानमाथि थप अन्याय भएको छ। यता, मन्त्रालयका उच्च अधिकारीहरू भने जिम्मेवारीबाट पन्छिँदै भाषणमा सीमित देखिन्छन्।

कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र दुग्ध किसानहरूको योगदान यसको महत्त्वपूर्ण हिस्सा हो। सरकारले तत्काल भुक्तानीको व्यवस्था गर्नुका साथै कृषिमैत्री नीति र प्रभावकारी व्यवस्थापनमार्फत किसानको हित सुनिश्चित गर्नु आवश्यक छ। अन्यथा, उसै पनि कमजोर अवस्थाबाट गुज्रिरहेको कृषि क्षेत्रप्रति किसानको विश्वास गुम्ने र कृषि क्षेत्र थप सङ्कटमा पर्ने जोखिम छ।

प्रतिक्रिया दिनुहोस