५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन करोड ६१ लाखका कृषि औजारसहितका कन्टेनर नियन्त्रणमा

अ+ अ-

सुरुङ्गा (झापा) । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार)सहित तीनवटा कन्टेनर पक्राउ गरेको छ । पक्राउ परेका सामग्रीको मूल्य रु तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए । 

बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीले जाँचका क्रममा भन्सार छली गरी ल्याइएको पाएसँगै आवश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए । 

मेची भन्सार कार्यालयले ती सामान अवैध नभएको दाबी गरेको छ । भन्सार तिरेर नियमसङ्गत ढङ्गले ती कन्टेनर भित्रिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढुङ्गानाले बताए। उनले कन्टेनर भारतबाट नभई चीनबाट कृषि औजार लिएर आएको बताए । 

प्रतिक्रिया दिनुहोस