काठमाडौँ । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । साथै आज बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागको अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च/पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।