३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायण खतिवडाको गीत ‘स्वार्थी संसार’ सार्वजनिक

अ+ अ-

काठमाडौं । गीतकार नारायण खतिवडाको शब्दमा रहेको गीत ‘स्वार्थी संसार’ डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भएको छ। वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत र गायक स्वरूपराज आचार्यको स्वरमा सजिएको यो गीत नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबसहित विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्ममा उपलब्ध छ।

लामो समयपछि संगीतकार शेषको पुनरागमनले सांगीतिक क्षेत्रमा उत्साह थपेको छ। वास्तविक घटनामा आधारित यो गीतले स्वार्थी प्रवृत्ति र मानवीय अनुभवलाई चित्रण गर्छ, जहाँ मानिसहरू आफ्नो फाइदाका लागि जे पनि गर्न तयार हुन्छन् र स्वार्थ पूरा भएपछि अरूलाई बेवास्ता गर्छन्।

खतिवडाका दर्जनौं गीत यसअघि बजारमा आइसकेका छन्। ‘सम्झनाका पाइलाहरू’ गीति संग्रहमा १०९ गीत समावेश छन् भने ‘स्वदेश छोडी’, ‘मनका कुरा’, ‘विन्दास’, ‘देखुँदेखुँ’, ‘सन्देश पुर्‍याइदेउ’, ‘मेरो कथा’, ‘चोखो चोखो’ लगायतका गीत चर्चित छन्।

गीत, कविता, मुक्तक र समसामयिक लेखनमा सक्रिय खतिवडा सरकारी सेवामा छन्। सामाजिक परिवेश, समसामयिक घटना, प्रेम, वियोग र राष्ट्रियताका भावलाई रचनात्मक रूपमा प्रस्तुत गर्ने उनको यो गीत पनि सन्देशमूलक र उदाहरणीय बनेको छ।

खतिवडाको शब्द, शेषको संगीत र आचार्यको स्वरको त्रिवेणी संयोगले ‘स्वार्थी संसार’ले सांगीतिक क्षेत्रमा नयाँ छाप छोड्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस