काठमाडौँ। प्रहरी महानिरीक्षक दीपक थापाले कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
बिहीबार नवनिर्मित भवनको उद्घाटन गर्न धनकुटामा आइपुगेका भएका प्रहरी महानिरीक्षक थापाले यस्तो निर्देशन दिएका हुन् ।
धनकुटा नगरपालिका–६ मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नवनिर्मित भवनको लागत अनुमान १२ करोड ७२ लाख ९० हजार ५९ रुपियाँ गरिएको थियो। करिब ५ रोपनी १४ आना चार पैसामा क्षेत्रफलमा निर्माण गरिएको भवन करसहित नौ करोड ९९ लाख ८७ हजार तीन सय ६५ रुपियाँ ६५ पैसामा निर्माण सम्पन्न भएको हो।
भवनमा २२ वटा कोठा रहेका छन्। ब्यारेक भवनमा १४, कार्यालय प्रमुख निवासमा ६ र आवासमा १० वटा कोठा छन्।
कार्यक्रममा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी टुपराज पोख्रेल, जिल्ला समन्वय समिति प्रमुख निरन तामाङले सम्बोधन गरे। कार्यक्रममा धनकुटा नगरपालिका-४ स्थित सल्लेरीमा रहेको श्रीपञ्चमी पार्कमा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामग्री समेत वितरण गरिएको छ। कार्यक्रममा जग्गा दातालाई कदर पत्र र उत्कृष्ट प्रहरी कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ।