काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहिवार पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन-२०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले ‘कानून, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन- २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।