३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक संस्थान सुधार्न महालेखाले दियो नौ बुँदे सुझाव

अ+ अ-

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक संस्थानहरूको व्यवस्थापन सुधार गर्न सरकारलाई ९ बुँदे सुझाव दिएको छ ।

बुधबार महालेखाले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनले सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये सरकारले नै सञ्चालन गर्नुपर्ने, सरकारको आंशिक उपस्थिति आवश्यक पर्ने र सरकारको उपस्थिति आवश्यक नपर्ने क्रियाकलाप छुट्याइ सोही अनुरूप संस्थान सञ्चालन गर्न सरकारलाई सुझाव दिएको हो ।

सार्वजनिक संस्थानको कार्यकारी नियुक्ति तोकिएको आधारमा व्यावसायिक योजना सहित गरिनुपर्ने, सञ्चालक समितिमा सरकारका पदेन सदस्यको प्रतिनिधित्वलाई न्यून गरिनुपर्ने पनि प्रतिवेदनले सुझाव दिएको छ ।

यस्तै उद्देश्य अनुरूप संस्थान सञ्चालन गर्न नसक्ने पदाधिकारीलाई कार्य विश्लेषण गरी जिम्मेवार बनाउनुपर्ने सुझाव दिइएको छ ।

‘सार्वजनिक संस्थानको उद्देश्य सार्वजनिक हित वा व्यावसायिक हो भन्ने स्पष्ट गर्नुपर्दछ,’ प्रतिवेदनमा छ, ‘सार्वजनिक हितको उद्देश्य रहेका संस्थानहरूको सेवा प्रवाहका आधारमा र व्यावसायिक उद्देश्यका लागि स्थापित संस्थानहरूको मुनाफाको आधारमा मूल्यांकन गर्नुपर्दछ ।’

यसैगरी सार्वजनिक संस्थानमा कार्यकारी नियुक्ति गर्दा कानुनले तोकेको योग्यता पुगेको स्वघोषणा गर्नुपर्ने पनि सरकारलाई महालेखाको सुझाव छ ।

निजीकरण गरिएका संस्थानसँग लामो समयदेखि उठाउन बाँकी रहेको बक्यौता रकम कानुन बमोजिम असुल गर्न पनि प्रतिवेदनले भनेको छ ।

नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संगठित संस्थाबाट सहायक कम्पनीमा सञ्चालक नियुक्ति वा मनोनयन गर्दा नेपाल सरकारको स्वीकृतिमा गर्नुपर्ने महालेखाको सुझाव छ ।

यस्तै संगठित संस्थाको दीर्घकालीन आर्थिक दायित्वमा असर पार्ने निर्णय गर्दा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस