३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैन : सञ्चार मन्त्री गुरुङ

अ+ अ-

वीरेन्द्रनगर (सुर्खेत) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगरेको बताएका छन् । 

यहाँबाट प्रकाशन हुँदै आएको युग आह्वान राष्ट्रिय दैनिकको २५ औँ रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा  उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताए। प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील छ भने । 

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए । ‘‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो,’’ उनले भने, ‘‘यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’’

साथै मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्न नहुनेमा जोड दिए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उनले बताए । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएको बताए। सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको मन्त्री गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस