२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गुरुङले भने-‘जनतासम्म सूचना पुर्‍याउनु नै सार्वजनिक प्रसारणको दायित्व हो’

अ+ अ-

काठमाडौँ। सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवर्द्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्।

सोमबार नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणको मूल दायित्व जनतासम्म सूचना पुर्‍याउनु रहेको उल्लेख गरे।

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनामार्फत एकीकृत प्रसारण सेवा उपलब्ध गराउने सरकारी नीति अनुरूप कर्णालीमा यो सेवा सुरु गरिएको हो,ञ मन्त्री गुरुङले भने,’कर्णाली लुम्बिनी र सुदूरपश्चिमका भूगोल, भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेर कार्यान्वयन अघि बढाइएको छ।’

विविध भाषा र संस्कृतिको प्रसारणले राष्ट्रिय एकता र सहिष्णुता मजबुत हुने विश्वास व्यक्त गर्दै उनले आगामी बजेटमा कर्णाली प्रदेशलाई समपूरक र विशेष अनुदान वृद्धि गरिने जानकारी दिए।

यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खस भाषामा समाचार प्रसारणका लागि प्रदेश सरकारले छ महिनाअघि नै नीतिगत निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाएको स्मरण गरे।

‘थप जनशक्ति नबढाई अहिलेको संरचनाबाटै सातै प्रदेशमा सेवा विस्तार गर्न सकिए संघीयताको सार्थक कार्यान्वयन हुने छ,’ उनले भने।

मुख्यमन्त्री कँडेलले भाषिक विविधता उजागर गर्न सुरु गरिएको सेवा प्रतिको पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे।

साथै, सञ्चारमाध्यमहरूले सरकारका सकारात्मक पहल आम नागरिकमा पुर्‍याउने र निराशा हटाउने दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गरे।

सेवा प्रदायकसँगै व्यावसायिक मोडेलमा जनताका आवाज मुखरित गर्ने दिशामा अघि बढ्न सके मात्र सार्वजनिक प्रसारणमाथि जनताको विश्वास बढ्छ मुख्यमन्त्री कँडेलले बताए।

उनले कर्णालीको दूरसञ्चार सेवा अझ गुणस्तरीय बनाउन नेपाल टेलिकमको ध्यानाकर्षणसमेत गराए।

प्रतिक्रिया दिनुहोस