२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव

अ+ अ-

काठमाडौँ । पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका छन् ।

यसका निम्ति संविधानको धारा १५३ मा संशोधन गर्नुपर्ने उनको आग्रह छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै संविधान संशोधन गर्ने विषय समावेश गरेको छ । त्यसउपर प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वकानुनमन्त्री गुरुङले न्याय परिषद् सदस्यबाट कानुनमन्त्रीलाई हटाउने प्रस्ताव राखेका हुन् ।

‘न्याय परिषद्‍मा कानुनमन्त्री रहने प्रावधान हटाउनुपर्छ । न्यायालयलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउने र राजनीतिबाट मुक्त गराउने हो हो संविधानको धारा १५३ मा संशोधन गर्न आवश्यक छ’ उनले भने ।

संविधानको धारा १५३ मा न्याय परिषद्सम्बन्धी व्यवस्था छ ।

न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खास्त र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन एउटा न्याय परिषद् रहने संवैधानिक व्यवस्था छ ।

यसको अध्यक्ष प्रधान न्यायाधीश हुन्छन् । सदस्यहरूमा कानुन तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एक जना, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानुनविद् र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा २० वर्षकोअनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य रहन्छन् ।

न्याय सेवा आयोगबाट पनि कानुनमन्त्रीलाई हटाउनुपर्ने पूर्व मन्त्री गुरुङको प्रस्ताव छ । न्याय सेवा आयोगमा महान्यायाधिवक्तालाई पनि राख्न नहुने उनको आग्रह छ ।

न्याय सेवा आयोगबाट पनि कानुनमन्त्री र महान्यायाधिवक्ता दुइटै हटाउनुपर्छ । तब न स्वच्छ, निष्पक्ष न्यायपालिका निर्माण गर्न सक्छौँ,’ उनले भने ।

संविधानको धारा १५४ मा न्याय सेवा आयोगसम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस