१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय वित्त निगम र उद्योग वाणिज्य महासंघबीच सहकार्यमा जोड

अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

आईएफसीको दक्षिण एसिया क्षेत्रका प्रबन्धक ग्रेगोरी स्मिथ तथा महासंघ उपाध्यक्ष हेमराज ढकालबीच बुधबार महासंघ सचिवालयमा भेटवार्ता भएको थियो ।

भेटमा स्मिथले नेपालको आर्थिक विकासमा महासंघसँग सहकार्य गर्न आईएफसी तयार रहेको बताए । उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले आईएफसीले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमको क्षमता विकास र युवाका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकार्य गर्न सकिने बताए ।

महासंघ उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आईएफसीको सहयोगप्रति आभार व्यक्त गरे ।

‘सन् २०२२ मा महासंघ र आईएफसीले संयुक्त रूपमा तयार पारेको ‘नेपालको निजी क्षेत्रको अवस्था’ सम्बन्धी प्रतिवेदनलाई विशेष महत्त्वका रूपमा लिएका छौँ । उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावना उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्ग निर्देशक भूमिका खेलेको छ,’ ढकालले भने ।

महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरम सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्य लगायत क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउँदै आईएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने जानकारी दिए ।

उनले ज्ञान आदान–प्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्र प्रवर्द्धन, डिजिटल रूपान्तरण र साना तथा मझौला उद्योगको क्षमता विकासजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखेका छन् ।ु

प्रतिक्रिया दिनुहोस