काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले परम्परागत ढंगका कानून परिवर्तन गरेर सरकारले लगानीको वातावरण बनाएको बताएका छन् ।
कोशी प्रदेशमा आजदेखि सुरु लगानी सम्मेलनमा उनले लगानीको वातावरणलाई अवरोध गर्ने कानुनहरू परिमार्जन भएको बताए ।
नेपालमा लगानी गर्ने माहोल नै नभएको भनेर भाष्य सृजना भइरहेको भन्दै ढकालले प्रदेश सरकारले राखेको सोकेशका आयोजनामा लगानी गर्न प्रेरित गरेका छन् ।
‘यहाँका सम्भावित परियोजनाहरूमा निजी क्षेत्रले लगानी गर्छ । सरकारले पनि प्रतिबद्धता कार्यान्वयनमा लैजानु पर्छ । वातावरण बन्दै गए अझ धेरै लगानी बढ्छ’, ढकालले थपे ।