१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषध ब्राउन सुगरसहित सुनसरीबाट ११ जना पक्राउ

अ+ अ-

काठमाडौँ । लागूऔषध ब्राउन सुगर सहित सुनसरीबाट ११ जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त टोलीले ११ जनालाई पक्राउ गरेको हो।

संयुक्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका वडा नं. १ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ६ ढलान रोडमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ३५.२० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी धरान उप महानगरपालिका वडा नं. १० का २७ वर्षीय निरन श्रेष्ठको साथबाट १२।७० ग्राम ब्राउन सुगर बरामद भएको छ।

त्यस्तै, सुन्दर हरैचा गाउँपालिकाका अजित श्रेष्ठबाट ४.२४० ग्राम, प्रेम कुमार राईबाट ३.६२० ग्राम, मिलन तामाङबाट ३.२४० ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

उनीहरू बाहेक पर्वत यादव, करण चौधरी, रोमन चापागाईँ र अनिल खवास समेत पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका दुई जना सरोज विश्वकर्मा र दीपेश तामाङको साथबाट भने कुनै लागू पदार्थ फेला नपारेको जनाएको छ।

सबै पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने छ।

प्रतिक्रिया दिनुहोस