१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेले भने-‘संस्कृतिको संरक्षण संघीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार हो’

अ+ अ-

विर्तामोड (झापा) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको मौलिक पर्व, परम्परा र विविध संस्कृतिको संरक्षण संघीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार भएको बताएका छन् । 

मेचीनगरस्थित धाइजनमा आयोजित लोपोन्मुख मेचे समुदायको राष्ट्रिय पर्व वैशागु बथर तथा वृहत् जनसांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सबै जातजातिको धर्म, संस्कृति, रीतिरिवाज खुला रूपमा मनाउन पाउनु गणतन्त्रको देन भएको उल्लेख गरेका हुन् ।

सभामुख घिमिरेले संविधानसभाबाट घोषित संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अघि बढ्नुपर्ने बताउँदै नेपाल विभिन्न जातजातिको साझा थलो भएको बताए । यसमा सबैको धर्म, संस्कृति, पहिचानलाई समान महत्त्व दिएर मात्र राष्ट्र बलियो र समृद्ध बन्ने उनको भनाइ छ ।

घिमिरेले जातीय सौहार्द बिगार्न खोज्ने तत्त्वबाट सजग रहनसमेत आग्रह गरे । “लोपोन्मुख जातिहरू जोगिएनन् भने राष्ट्रिय मौलिकता हराउने खतरा रहन्छ । मेचे समुदायजस्ता लोपोन्मुख जातिको संरक्षण राज्यको दायित्व हो ”, सभामुख घिमिरेले भने । मेचे समाज शिवियारी आफात केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा सभामुख घिमिरेले मेचे भवनकोसमेत उद्घाटन गरेका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच हजार १९३ जनसङ्ख्या रहेको मेचे समुदायको बसोबास झापाका नौ स्थानीय तहमा मात्र छ । मेचीनगरमा करिब दुई हजार जनसंख्या छ । 

‘लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायको आह्वान: पहिचानसहित संरक्षित क्षेत्र स्थापना गर्ने हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आयोजना भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामुदायिक सशक्तीकरणका सन्देश प्रस्तुत गरिएको छ ।

कार्यक्रममा एसइई परीक्षामा मेचे समुदायबाट उत्कृष्ट अंक ल्याउने आइस्था मेचे, दीपा मेचे, अञ्जली मेचे, गरिमा मेचे र प्रकृति मेचेलाई सम्मान गरिएको थियो । साथै, नवनिर्मित भवनका लागि जग्गा दान गर्ने नरेन्द्र मेचे गछम, बुद्धलाल मेचे र विशु मेचेलाई कदरपत्र सहित सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस