साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ, म्याद लिएर अनुसन्धान सुरु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ, म्याद लिएर अनुसन्धान सुरु


१६ बैशाख २०७५, आइतबार


काठमाडौं । तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको केसमा मुछिएका डिएसपी प्रजित केसी पक्राउ परेका छन् ।

मोरङ जिल्ला प्रहरीले केसीलाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको छ । छानबिन समितीले करिब एक महिनाको लगातार बयानपछि केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले ३३ केजी सुन काण्डमा पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत लगायत २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस