काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग गरेको छ ।
अस्पतालले बिहीबार एक सूचनामार्फत चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल पदमा पूर्तिका लागि करार सेवामा आवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले आजदेखि चैत २० गतेसम्म आवेदन फाराम भन्नुपर्ने अस्पतालले जनाएको छ ।
