१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारका कैदी बन्दी आय आर्जनमा

अ+ अ-

चितवन । जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२  कैदी बन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदी बन्दी छन् ।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुंगानाका अनुसार अहिले सबैभन्दा धेरै कैदी बन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने) गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरक डसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् ।

उनीहरूले मासिक रु सातदेखि १५ हजारसम्म कमाउने गरेका छन् ।  कारागारमा कैदी जीवन बिताइरहनुभएका सानु चेपाङले भने, “मैले गलैँचा बनाउने काम गर्छु । आफ्नो खर्च कटाएर मासिक रु. सतदेखि आठ हजार छोराछोरीका लागि पठाउने गरेको छु ।” विगत सात वर्षदेखि गैँडा मारेको मुद्दामा कैद सजाय भोग्दै आएका चेपाङ आफू कारागार बाहिर रहँदा १२ वर्षको उमेरदेखि गलैँचा बनाउने काम गरेको सुनाउँछन्।

उनले भने, “सुरुमा हामी दुई जना कैदी मिलेर यो व्यवसाय सुरु गरेका हौँ । अहिले यस पेसामा यहाँभित्रका एक सयभन्दा बढी आबद्ध छन् ।” उनीहरूले मासिक रु. सातदेखि १० हजारसम्म बचाएर घर पठाउने गरेको उनले बताए । यहीको कमाइले उनले चार छोराछोरीको पढाइ खर्च, खानेपानी, बिजुलीको पैसा तिर्दै आएको सुनाए । अहिले आफ्नै नेतृत्वमा गलैँचा बनाउने काम भएको जनाउँदै उनले आफूले कारागारभित्रका झण्डै एक सय जनालाई काम दिन पाएकामा सन्तुष्ट रहेको बताए ।

आफूले सबैलाई तालिम दिएर काममा लगाएको उनको भनाइ छ । कैद सजाय तोकेकाले समय बिताउन र आफ्नो खर्च जुटाउन सीपमूलक काममा लाग्ने गरेको उनले बताए । गैँडा मुद्दामा नै कैद सजाय भोग्दै आएका पदमबहादुर प्रजा अहिले मुढा बन्न तल्लीन छन् । उनले मासिक आफ्नो खर्च व्यवस्थापन गरेर घरमा केही खर्च पठाउने गरेको बताए । बि.सं. २०६९ मा गैँडा मारेको मुद्दामा उनी पक्राउ परी कारागार चलान भएका थिए । कारागार आइसकेपछि हुने मानसिक तनाव व्यवस्थापनका लागि आफूले काम गर्न थालेको र अहिले त्यही कामले मीठो मसिनो खान, आफ्नो इच्छाअनुसारको लगाउन र घरपरिवारमा समेत खर्च पठाउन सकिएको सुनाए ।

लामो समय कैद भुक्तान गर्नुपर्ने यस्ता कैदीलाई यहाँ भएका यस्ता उद्योगले राहत दिने गरेको उनले बताए । कार्यालयका निमित्त प्रमुख ढुंगानाका अनुसार अहिलेभित्र रहेर मानसिक समस्या हुनुभन्दा काम गरेर बस्नेको सङ्ख्या बढ्न थालेको छ । कारागार व्यवस्थापन विभागले घरेलु इलम केन्द्रका रूपमा यस्ता कारागारलाई विकास गर्न समेत प्रक्रिया अघि बढाएर कामदारको सङ्ख्या माग गरेको उनले बताए ।  यहाँ उत्पादित सामग्री स्थानीय बजारसहित काठमाडौँ, मकवानपुर, धादिङलगायतका ठाउँमा जाने गर्दछ । कैदीबन्दीले मेहनतका साथ काम गर्ने हुँदा उत्पादित वस्तु गुणस्तरीय हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस