चन्दननाथ मन्दिरबाट चोरिएका २८ वटा मुर्तिको खोजी जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

चन्दननाथ मन्दिरबाट चोरिएका २८ वटा मुर्तिको खोजी जारी


प्रशासन विशेष ब्युरो

१२ मंसिर २०७३, आइतबार


काठमाडौं । मन्दिरबाट मुर्ति चोरी भएपछि बिहानै देखि तनावग्रस्त बनेको चन्दननाथ मन्दिरमा भिड बढ्दै गईरहेको छ । बिहानै दर्शन गर्न आउने भक्तजनहरुले मन्दिरबाट मुर्ति चोरी भएको खबर पाए देखि नै आक्रोशित भएका छन् ।

मुर्ति चोरी भएको हल्लिखल्लिपछि आसपासका क्षेत्रका स्थानीयवासिन्दाहरुको समेत भिड बढ्दै गएपछि अप्रिय घटना घट्न नदिन ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । यसैबिच प्रमुख जिल्ला अधिकारीले सर्वदलिय बैठक बोलाएका छन् ।

जुम्लाको मात्रै नभई कर्णाली अञ्चलकै धरोहरका रुपमा लिइने चन्दननाथ मन्दिरबाट हिजो मध्य राति दत्तात्रयको मुर्ति सहित करीब २८ वटा पुराना मुर्तिहरु चोरि भएकाछन् ।

मन्दिरबाट मुर्ति चोरी भएको खबर आउने वित्तिकै सम्भाब्य सबै नाकाहरु बन्द गरी खोजी कार्य शुरु गरिए पनि हालसम्म चोरको पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपि गुरुविष्णु काफ्लेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस