२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा चारअर्ब लगानीमा छ वटा उद्योग खोलिँदै

अ+ अ-

सिरहा । सप्तरीको सुरुंगा नगरपालिका-३ स्थित लक्ष्मी नगरमा ‘बिग इन्डस पदम नगर’ औद्योगिक ग्राम स्थापना गरिने  भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु. चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदम नगर’को शिलान्यास गदै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । “यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु”, नेता खनालले भने, “निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो ।” उनले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गरे ।

विभिन्न निर्माण कम्पनी सञ्चालक तथा हाइड्रोपावर व्यवसायीसमेत रहेका ‘बिग इन्डस पदम नगर’का सञ्चालक स्थानीयवासी न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई चिरस्थायी बनाउन आफ्नै जन्मभूमिको माटो सुहाउँदो छ उद्योग स्थापना गर्न लागेको जानकारी दिए । “देश विदेशमा ठूला प्रोजेक्टमा काम गर्दै गर्दा स्वदेशमा पनि केही गर्ने हुटहुटीका कारण यहाँको माटो सुहाउँदो उद्योग सञ्चालनका लागि सोचेर निर्णय लिएको हुँ । हरेक पटक गाउँ आउँदा स्थानीयले आफ्नो जन्मथलोका लागि पनि कुनै काम गरिदिनुपर्‍यो भन्नुहुन्थ्यो”, शिलान्यास समारोहमा उनले भने, “यसबाट यहाँका दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”

उनका अनुसार आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उनले बताए । त्यसै गरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ ।

उनका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसै गरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने गरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए । “त्यसले पाँच सय जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजगारीको अवसर सृजना हुन्छ”, सञ्चालक न्यौपानेले भने । 

सोही क्रममा सुरुंगा नगरपालिकाका प्रमुख गीता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रका जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । उनले यस ठाउँमा उद्योग स्थापनापछि सुरुंगाको नाम उचाइमा पुग्ने विश्वास व्यक्त गरे । पालिकाका तर्फबाट उद्योग सञ्चालनमा आवश्यक  सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यस औद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि रु. चार अर्ब लागत अनुमान रहेको छ ।