काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको छ । माघ २१ गते बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको हो ।
बैठकले विद्यार्थी विशेष महाशाखाको इन्चार्ज पञ्चा सिंह, मजदुर विशेष महाशाखाको इन्चार्ज विष्णुप्रसाद सापकोटा, पेशागत विशेष महाशाखाको इन्चार्ज मोहन कार्की, उद्यमी व्यवसायी विशेष महाशाखा इञ्चाज कृष्ण केसी, युवा विशेष महाशाखा रामप्रसाद सापकोटा, सञ्चार सांस्कृतिक महाशाखा इन्चार्ज उत्तम अधिकारीलाई तोकेको छ ।
यस्तै सम्पर्क समन्वय प्रदेश अन्तरगत प्रदेश एकको इन्चार्ज करुणा बस्ने, मधेश प्रदेशको इन्चार्ज शिवराम यादव, बागमती प्रदेशको इन्चार्ज कमला दोङ, गण्डकी प्रदेशको इन्चार्ज चूडामणि खड्का, लुम्बिनी प्रदेशको इन्चार्ज गीता गहतराज, कर्णाली प्रदेशको इन्चार्ज प्रतिभा केसी र सुदूरपश्चिम प्रदेशको इन्चार्ज पदमराज जोशीलाई तोकेको छ ।
सूची :












