२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बराहपोखरीले सुरु गर्‍यो आफ्नै प्रशासनिक भवनबाट सेवा

अ+ अ-

खोटाङ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुआत गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधा सम्पन्न चारतले प्रशासनिक भवन निर्माण गरी सेवा सुरु गरिएको हो ।

गाउँपालिका र संघीय सरकारको रु. छ करोड १० लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको पालिका कार्यालयले जनाएको छ । पालिकाको ५५ प्रतिशत र संघयि सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो ।

संघयि सरकारले ६० र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको गाउँपालिकाका प्रमुख शालिकराज बञ्जराले जानकारी दिए । उनका अनुसार संघीय सरकारले भने जति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माण केही समय ढिलाइ भएको थियो । “निर्माण सुरु गरिएको भवन अलपत्र हुने अवस्था आएपछि गाउँपालिकाबाट १५ प्रतिशत लगानी थप गरेर काम सम्पन्न गर्‍यौँ”, उनले भने । 

भवनको भुइँतला र पहिलो तलामा छ–छ कोठा, दोस्रो तलामा सात कोठा र तेस्रो तलामा सभाहलसहित तीन कोठा रहेका गाउँपालिकाका इञ्जिनियर हिमाल कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा बोलपत्र आह्वान भएर विसं २०७८ कात्तिक ७ गते गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो । 

नवनिर्मित भवनको औपचारिक रूपमा आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गरे । कार्यक्रममा विभिन्न जातजातिको संस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य पालिकाले पनि प्रशासनिक भवन निर्माणलाई तीव्रता दिएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन सम्पन्न भइसेको छ भने रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले यसअघि प्रशासनिक भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका छन् ।