३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदाधिकारीमा क–कसलाई रोज्दैछन् देउवाले ?

अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् ।

पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बताएको छ। निर्वाचन समीक्षाका लागि ९ चैतमा सुरु भएके केन्द्रीय समितिको अन्तिम बैठकमा देउवाले पदाधिकारीको नाम प्रस्ताव गर्ने स्वकीय सचिव भानु देउवाले बताए ।

‘जारी बैठकको अन्तिममा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारीमा सभापति हुनुहुन्छ,’ स्वकिय सचिव देउवाले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि आवश्यक गृहकार्यमा उहाँ व्यस्त हुनुहुन्छ ।’ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि १६ चैतबाट स्थगित बैठक ७ वैशाखमा बोलाइएको छ ।

क–कसलाई रोजे देउवाले ?
सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ ।

विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ । ‘सभापतिले टुंग्याएको नाममा उपसभापतिमा कसैको विमति छैन, महामन्त्री र सहमहामन्त्रीमा भने केही नेताले असन्तुष्टि जनाइरहनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘हाम्रा सभापतिको त निर्णय नगर्दासम्म भर हुँदैन, त्यसैले महामन्त्री र सहमहामन्त्री परिवर्तन हुन सक्ने सम्भावना छ । उपसभापति फिक्स्ड हो ।’

उपसभापतिमा दाबी गरिरहेका खड्काको निधनपछि निधिको बाटो सहज भएको हो । त्यसो त गोपालमान श्रेष्ठ पनि दाबेदार थिए, तर उनीसँग सहमति लिएर देउवाले निधिलाई रोजेका हुन् । ‘सभापतिले पूर्वउपसभापति श्रेष्ठलाई आफ्नो निर्णय जानकारी गराएर सहयोग गर्न आग्रह गर्नुभयो, उहाँले सहमति जनाइसक्नुभएको छ,’ स्रोतले भन्यो ।

तर, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणको पनि दाबी छ । खाणलाई देउवाले यसअघि नै प्रमुख सचेतक बनाए पनि स्वीकार गरेका थिएनन् । पदाधिकारीमा नअटाउने डरले उनले प्रमुख सचेतक अस्वीकार गरेका थिए । तर, पछि देउवाले समेट्ने आश्वासन दिएपछि उक्त पद स्विकारेका थिए । त्यसो त नातेदारसमेत रहेका कार्कीलाई महामन्त्री बनाउने आश्वासन देउवाले सभापतिमा निर्वाचित भएदेखि नै दिँदै आएका थिए । तर, सरकारको नेतृत्व गर्दा अर्थमन्त्री बनेका कार्कीले सहयोग नगरेको भन्दै देउवा रुष्ट छन् । कार्कीले श्रीमती डा। आरजु राणा देउवाले भनेको काम गरेको, तर आफूले भनेको नटेरेको उनको निष्कर्ष छ । हालै दुवै नेताले देउवालाई भेटेर पदाधिकारीमा नसमेटेको भन्दै असन्तुष्टि जनाएको बूढानीलकण्ठ स्रोतले बतायो ।

यता सहमहामन्त्रीमा विश्वकर्माको नाम अगाडि सारेपछि एनपी साउद र डा। प्रकाशशरण महतले असन्तुष्टि जनाएका छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छँदा महतले आफ्नो छवी बिगार्ने गरी राजदूतमा नाम सिफारिस गरेको भन्दै देउवा पदाधिकारीमा तान्न इच्छुक छैनन् । साउदलाई देउवाले सुदूरपश्चिमबाट उकास्न चाहन्छन् । तर, नेता विश्वकर्मालाई सहमहामन्त्री बनाउने आश्वासन दिएर १३औँ महाधिवेशनमै आफ्नो गुटमा तानेकाले देउवा अप्ठ्यारोमा परेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस