नयाँ दिल्ली । अन्तराष्ट्रियस्तरको ऊर्जासम्बन्धी एक सम्मेलनमा भाग लिन नेपाल सरकारका वाणिज्य मन्त्री मातृका यादव दिल्ली आएका छन्।
यादव सोमबार साँझ दिल्ली आएका हुन्। भारत सरकार र अन्तराष्ट्रिय उर्जा मन्चको आयोजनामा मंगलबारदेखि सुरु भएको तीन दिने सम्मेलनको मन्त्रीस्तरीय सत्रमा भाग लिन मन्त्री यादव दिल्ली आएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणको उच्च राजनीतिक प्रतिनिधीमण्डलमा सहभागी रहेका यादव मन्त्री भएयता तेश्रो पटक दिल्ली आएका हुन्।
पहिलो पटक भारत विश्व व्यापार संगठन डब्लुटीओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मार्चको तेश्रो साता दिल्ली आएका थिए। त्यतिबेला उनले भारतीय पेट्रोलियन मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गरेका थिए। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।