२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा-मुग्लिन सडकको काम छिटो सक्न मन्त्री दाहालको निर्देशन

अ+ अ-

काठमाडौँ । नागढुंगा-मुग्लिन सडक खण्डको काम छिटो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिएका छन् ।

बुधबार निर्माणाधीन सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले आयोजना प्रमुख र ठेक्का लिने निकायसामु निर्माणमा ढिलाइ गरे आफूलाई सह्य नहुने बताए । ‘निर्माणका क्रममा समस्या देखिए मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्छ,’ उनले भने, ‘तर अब पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य हुने छैन ।’

नागढुंगा-नौविसे-मुग्लिन तीनवटै खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनका रूपमा रहेको उक्त सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।

मन्त्रीसँगै निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखहरूलाई निर्देशन दिए । कुनै पनि बहाना र कारणले निर्माणमा ढिलासुस्ती नगर्न भन्दै सचिव शर्माले कामको परिणाम देखिने गरी निर्माणको गति बढाउन आग्रह गरे । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको सुनाए ।

काठमाडौँ-नागढुंगा-मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि निर्माणको गति सुस्त छ । यो सडक खण्डमा साना-ठूला गरी दैनिक १५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् ।