३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी आउने भयो नेपालमा पानीजहाज !

अ+ अ-

नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने भएको छ । जसमा साना पानीजहाज ओहोरदोहोर गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका ठूला नदीमा जलमार्ग निर्माण गरी नेपाललाई समुद्रसँग जोड्ने सम्झौता भएको हो ।

‘नेपाल र भारतका प्रधानमन्त्रीले विद्यमान व्यापार तथा पारवहनसम्बन्धी व्यवस्थाअन्तर्गत कार्गो ढुवानी गर्न स्थलीय जलमार्ग निर्माण गर्ने ऐतिहासिक निर्णय गरेका छन्, जसले नेपाललाई जलमार्गमार्फत समुद्रसँगको पहुँचमा पु(याउनेछ,’ दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

यो जलमार्गले नेपाल र भारतको मात्रै नभई समग्र क्षेत्रकै आर्थिक विकासका लागि महत्वपूर्ण योगदान पु(याउने वक्तव्यमा उल्लेख छ । यो पहलकदमीले कार्गो ढुवानीलाई सस्तो तथा प्रतिस्पर्धी बनाउने पनि वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री ओलीले जलमार्गको विकासले नेपालको अर्थतन्त्र तथा व्यापारको वृद्धिमा अत्यन्तै ठूलो भूमिका निर्वाह गर्ने कुरा बताएको वक्तव्यमा उल्लेख छ ।

नेपाल र भारतको पारवहन सम्झौताको प्रोटोकलमा जलमार्गलाई पारवहनको माध्यमका रूपमा समावेश गर्न आवश्यक प्रक्रिया र मोडालिटी बनाउने तथा त्यसमा सहमति गर्दै टुंग्याउन दुवै प्रधानमन्त्रीले आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएको पनि वक्तव्यमा उल्लेख छ ।

नेपाल र भारतबीच जलमार्ग बनाउने विषयमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालको नेपाल भ्रमणकै बेलादेखि छलफल भएको हो । त्यसबेला दुई देशका प्रधानमन्त्रीबीचको संयुक्त वक्तव्यमा यो विषय उल्लेख छ ।

कस्तो हो नेपाल जोडिने जलमार्ग ?

नेपालका कोसी, गण्डकी र कर्णाली नदीमा अन्तरदेशीय स्थलीय जलमार्ग सञ्चालनको सम्भावना छ । नेपालका ठूला नदी हुँदै गंगासम्म र गंगाबाट हल्दियासम्म जोडिने जलमार्गमा सामान ढुवानीका लागि प्रयोग हुने छ । भारतले हल्दियाबाट इलाहाबादसम्म गंगा नदीमा जलमार्ग निर्माण गरिरहेको छ ।

नेसनल वाटरवेज–१ नाम दिइएको सो जलमार्गको वाराणसीसम्मको खण्ड सन् २०१८ को अन्त्यसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि वाराणसीसम्म १५ सयदेखि २ हजार टनसम्मका पानीजहाज आउन सक्नेछन् ।

त्यो भनेको १ सयदेखि १ सय ५० कन्टेनर बोकेका पानीजहाज त्यहाँसम्म आउन सक्नेछन् । हल्दिया बन्दरगाहसम्म ठूला जहाज ९मदर भेसल० आउन सक्छन् भने कोलकातासम्म ४ सय कन्टेनर बोक्ने जहाज आउन सक्छन् । तर, नेपालका नदीमा कुन आकारको जहाज आउन सक्छन् भन्ने अध्ययन भने भएको छैन ।

वाराणसीसम्म सो जलमार्ग जोडिँदा नेपालका तीनवटै नदीतर्फ त्यसलाई विस्तार गर्न सकिने अध्ययनहरूले देखाएका छन् । भारतले पटनानजिक कौशलघाट र बनारसमा बन्दरगाहसमेत बनाउँदै छ, जुन नेपालको व्यापारलक्षित हुन् ।

भारतले गंगा नदीसँग जोडिएका तीन ठूला नदीहरू कोसी, गण्डक ९गण्डकी० र घाँघरा ९कर्णाली०मा समेत जलमार्ग बनाउने योजना यसअघि नै बनाइसकेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस