३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास: प्रधानमन्त्री ओली

अ+ अ-

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको बताएका छन् ।

इन्डिया फाउण्डेशनले आज यहाँ प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनको सरकार लोकतन्त्र मास्न उद्यत रहेको भन्दै केहीले भ्रम फिँजाएको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, केही मान्छेले नेपालमा लोकतन्त्र संकटमा पर्दैछ भनेर अनावश्यक चर्चा र भ्रम फिँजाएका छन् । त्यो सरासर गलत हो । लोकतन्त्रका लागि आधा शताब्दीभन्दा बढी संघर्ष गरेको मेरा लागि लोकतन्त्र नै सर्वोत्तम शासन व्यवस्था हो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नै आर्थिक समृद्धि र विकासले उल्लेख्य फड्को मार्ने भन्दै कोही कसैले अनावश्यक रुपमा फैलाएका गलत अफवाहको पछाडि नलाग्न सबैलाई आग्रह गरे।

नेपाल दुवै छिमेकी मुलुकसँग पारस्परिक विश्वास, मित्रता र मैत्री सम्बन्धका साथ अगाडि बढ्न लागेको भन्दै प्रधानमन्त्रीले भने, “हामी भारतसँग र अरु मुलुकसँग पनि समानताका आधारमा मैत्री सम्बन्धलाई थप विस्तार गर्दै नेपालको विकास र समृद्धिको यात्रालाई तय गर्न चाहन्छौँ ।”

नेपाल स्वतन्त्र र आफ्नै पहिचानका साथ विश्व मानचित्रमा विगतदेखि नै स्थापित भएको सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले मैत्री, पञ्चशील र असंलग्नता नै आफूहरुको प्रमुख विशेषता रहेको बताए ।

प्रधानमन्त्रीले ऊर्जाको विकासबाट नेपालको मात्रै नभई भारतको समेत हित हुने भएकाले सो क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरिसकेको दृष्टान्त पेश गर्दै द्विपक्षीय साझेदारीको अनुपम नमूनासमेत ऊर्जा क्षेत्र नै हुने स्पष्ट पारे।

दुई देशबीच लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वरजस्ता आयोजना अगाडि बढाएर दुवै मुलुकले फाइदा लिन सक्ने उनको कथन थियो ।

सम्पर्क सञ्जालको विस्तार, साझा चासो र चिन्ताको सम्बोधन तथा क्षेत्रीय तथा बहुपक्षीय रुपमा मिलेर जाने विषयले नै नेपाल र भारतको हित गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे।

वेदान्त दर्शन नेपाल र विशेष गरी दक्षिण एशियाबाटै विश्वव्यापी रुपमा फैलिएको जानकारी दिँदै प्रधानमन्त्रीले बुद्धदर्शनबाटै शान्ति र अहिंसाको मार्गमा विश्व समुदायलाई डो¥याउनसमेत आफूहरु सफल हुने उनको प्रष्टोक्ति थियो ।

प्रबुद्व व्यक्ति समूह (इपिजी)लाई नेपाल र भारतका विषयमा रहेका र देखिएका समस्या समाधानका लागि ठोस खाका प्रस्तुत गर्न भनिएको र त्यसबाट प्राप्त प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल एक्लैले मात्रै केही गर्न नसक्ने भएकाले छिमेकी मुलुकसंगकोे साझा प्रयास र सहकार्यबाट मात्रै क्षेत्रीयस्तरमा नयाँ सन्देश प्रवाह हुन सक्ने प्रधानमन्त्रीको जोड थियो ।

कार्यक्रममा प्रधानमन्त्रीलाई फाउण्डेशनका तर्फबाट सम्मान गरिएको थियो । फाउण्डेशनले नेपाल र भारतको समान चासो र हितलाई केन्द्रमा राखेर भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको जानकारी गराएको थियो ।

कार्यक्रममा भारतीय बुद्धिजीवी तथा नेपाली प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस