२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान

अ+ अ-

कालीकोट । राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रूपमा विकास भएका कालीकोटका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका छन् । कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग जोड्ने संगमस्थलका रूपमा रहेका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका हुन् ।

कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोटका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेका नरहरिनाथ गाउँपालिका-१ को लालीघाट बजार र खाँडाचक्र नगरपालिका–२ मा पर्ने जितेगडा बजार अहिले सुनसान छन् ।

विगतमा दैनिक लाखौँको व्यापार हुने लालीघाट बजार र जितेगडा बजार अहिले पूरै खाली रहेका छन् । विगतमा सडकको पहुँच नहुँदा लालीघाट बजार जितेगडा बजारमा हुम्ला, मुगु, बाजुरा र कालीकोटका प्रमुख व्यापारिक केन्द्र रहेकामा अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार नै अहिले सुनसान बनेको जितेगडा बजारमा लामो समय व्यापार गरेका कालीकोट उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताए ।

“हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा लाखौँको व्यापार हुने गरेको थियो”, उनले भने, “अहिले गाउँ गाउँमा सडकको पहुँच पुगेको छ, कर्णाली राजमार्गले अहिले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भयो ।” सडक सञ्जाल सबै ठाउँमा नपुगेका बेला राम्रो व्यापारिक केन्द्रका रूपमा रहेका बजार सडक पुगेपछि व्यापार हुन छाडेका कारणले आफू सुर्खेत झर्नुपरेको शाहीले बताए ।

“निकै चहलपहल भइरहने बजार अहिले सुनसान छ”, उनले भने, “विगतका व्यापारिक केन्द्रका व्यापारी अहिले कुनै गाउँमा नै जानुभयो, कोही व्यापारी अहिले खाली बस्नु भएको छ ।” कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग निर्माणसँगै बनेका ठाउँ बजार भएका तथा कर्णाली नदी र तिला नदीको बाढी पहिरोको उच्च जोखिममा रहेकाले व्यापारीले जोखिम मोल्न नचाहेका कारण पनि बजार बन्द हुन पुगेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

कर्णाली नदी र तिला नदीको किनार रहेको जिते बजार तथा लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले कारणले यी बजारलाई अयन्त्र सर्न पुगेका अध्यक्ष विष्टले बताए । “विसं २०७३ मा बाढीपहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो”, उनले भने, “पहिला व्यापार राम्रो हुने भएका कारणले पनि व्यापारीले बजार सार्न मानेका थिएनन्, अहिले व्यापार कम हुँदै गएका कारणले बजार बन्द भएर सुनसान भएका हुन् ।”

प्रतिक्रिया दिनुहोस