४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने

अ+ अ-

डोल्पा (रासस) । दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको गुनासो छ । ।

अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ ।

जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहुँच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने परिपाटीले सर्वसाधारणलाई हरेक दिन समस्या हुने गरेको बुटवल निवासी गोपाल पौडेलले बताए ।

लामो समयसम्म सदरमुकाम दुनैमा रहेको निर्दन उत्थान बैँकमा काम गरेर सरुवा भएपछि घर फर्कन थालेका पौडेललाई पनि टिकट नपाएर जुफाल विमानस्थलमा तीन दिन रोकिनुप¥यो ।

जुफाल विमानस्थलमा नियमअनुसार जो अगाडि आउँछ त्यसैलाई प्राथमिकता दिनुका साथै फोनबाट टिकट ‘बुक’ गराउने परिपाटिको अन्त्य गरेपछि मात्र सर्वसाधारणलाई सहज हुने उनको बुझाइ छ ।

सीता र गोमा एअर सेवामुखी भन्दा नाफामुखी भएकाले जुफाल विमानस्थलमा यात्रको चाँप भएको बेला पूर्वतिर उडान गर्ने गरेकाले सीता र गोमा एयरप्रति डोल्पालीले आपत्ति जनाएका छन् ।

‘अहिले जुफाल विमानस्थलमा यात्रुको चाप छ, उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी पनि बढेका छन् सीता र गोमा एयर भने हप्तामा नियमित उडानसमेत गर्न छोडेर पूर्वतिर उडान शुरु गरेको छ’ ठूलीभेरी नगरपालिका–९ का स्थानीयवासी अमर कठायतले भने ।

उडान थप्न दुई मन्त्रीलाई माग

हवाई टिकटको समस्या भएपछि जिल्लाबाट प्रदेश नं ६ मा मन्त्री बनेका कृषि, वन, उद्योग वातावरण तथा पर्यटनमन्त्री नन्द सिंह बुढा र संस्कृति नागरिक उड्डयन पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग पनि जिल्लावासीले सहजरुपमा हवाई उडान सुचारु गर्न अनुरोध गरेका छन् ।

‘डोल्पामा हवाई यातायातको विकल्प छैन्, जाजरकोट डोल्पा मोटरबाटो निर्माणाधीन छ, डोल्पामा सडक यातायातको पहुँच विस्तार नहुञ्जेल सम्मको लागि हवाई टिकटमा सिण्डिकेट घटाउनेदेखि सरकारी तथा निजी विमान कम्पनीलाई नियमित उडान गराउन मन्त्रीहरुले विशेष पहल गर्नुपर्छ’ त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी पूर्णकेशर न्यौपानेले भने ।

नेपाल एयरलाइन्स, सीता गोमा एयरले गर्दै आएको नियमित उडान समेत घटाएकाले हवाई टिकटको समस्या दिनप्रतिदिन बड्दै गएको हो । सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सले पनि हप्तामा दुई पटक गर्ने उडान घटाएर एउटा बनाउँदा सर्वसाधारणलाई झनै समस्या भएको छ ।

उडान कम भएपछि जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएको नागरिक उड्डयको कार्यालयले जनाएको छ । जुफाल विमानस्थलमा तारा एयर जस्तै नियमित उडान गर्न सीता, गोमा एयरलाइन्सलाई पनि डोल्पालीले आग्रह गरेका छन् ।

सडक यातायातको पहुँच नभएको डोल्पामा जिल्ला बाहिर जानका लागि हवाई यातायात नै प्रयोग गनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस