३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एन्टिरेबिज भ्याक्सिन’ अब २४ सै घन्टा उपलब्ध

अ+ अ-

काठमाडौं । कुकुर वा अन्य जनावरको टोकाइपछि लगाइने रेबिजविरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) २४ सै घन्टा उपलब्ध हुने भएको छ।

सरकारी कार्यालय खुल्ने दिन ओपिडी समयभित्र मात्रै निःशुल्क पाइने खोप अन्य समयमा खोप आवश्यक पर्दा किन्नुपर्ने बाध्यता थियो। स्वास्थ्य सेवा विभागले बुधबार नीतिगत निर्णय गरेर कार्यान्वयनका लागि अस्पताललाई पत्राचार गरेको छ।

विभागको पत्रका आधारमा बिहीबार बैठक बसेर सो निर्णय कार्यान्वयन सुरु भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए।

अस्पताल प्रशासनले बिहीबारै स्टाफ मिटिङ राखेर रातिको ड्युटीमा हुने मेडिकल अफिसरले इमर्जेन्सीमै जाँच गर्ने र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले खोप लगाइदिने निर्णय गरेको छ । ओपिडी खुल्ने दिन र समयमा खोप लगाउन पर्दा निःशुल्क पाइने खोप अन्य समयमा एक डोजको ६ सय रुपैयाँ तिरेर किन्नुपथ्र्यो ।

चिकित्सकका अनुसार रेबिजविरुद्धको खोप कुनै नावरले टोक्नासाथ जति छिटो लगाउन सक्यो उति प्रभावकारी हुन्छ। टेकु अस्पतालमा मात्रै कुकुर, बाँदर, बिरालाजस्ता जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउन डेढदेखि दुई सय नयाँ केस आउँछन् भने दुई सय ५० देखि तीन सय थप डोज खोप लगाउन आउने गरेका छन्।

‘रातभर कुकुर वा अन्य जनावरका टोकाइका केस आइरहन्छन्,’ डा. पुनले भने, ‘पछिल्लो निर्णयले धेरै बिरामीलाई राहत पुगेको छ।’ चिकित्सकका अनुसार बहुला कुकुरले टाउको वा हातका औंलामा टोकेको अवस्थामा रेबिजविरुद्धको खोपसँगै भाइरस छिटो नफैलियोस् भन्नका लागि ‘इम्युनोग्लोबिन’ समेत लगाइन्छ। त्यस्ता संवेदनशील केसमा झन् राति खोप निःशुल्क नपाउँदा समस्या पर्ने गरेको थियो।

सरकारले किनेको खोप विभिन्न तहका स्वास्थ्य संस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत जाने गरेको छ। पछिल्ला दिनमा भुस्याहा र घरपालुवा कुकुरको टोकाइको घटना बढ्दै गएका छन्। टेकु अस्पतालमा मात्रै रेबिजविरुद्धको खोपलगाउन प्रत्येक महिना तीनदेखि पाँच हजारसम्म मानिस आउने गरेका छन् । त्यसमा बालबालिकाको संख्या धेरै छ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस