३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुनी व्यवस्थाविपरीत सात महिनामै दोस्रो राजकीय भ्रमण !

अ+ अ-

एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् ।

राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको विशेष व्यवस्थाविपरीत हुने यस्ता भ्रमणले राष्ट्रको मर्यादालाई कमजोर बनाइरहेको छ ।

नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ को दफा १० ले स्पष्ट भनेको छ, ‘एक वर्षमा एउटा देशमा एउटा राजकीय भ्रमण हुनेछ ।’ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा गत ९ भदौमा दिल्ली गएका थिए । त्यसको सात महिना १४ दिनमा शुक्रबार प्रधानमन्त्रीका रूपमै केपी ओली दिल्ली पुग्दै छन् । त्यस्तै, यसअघि ओली नै प्रधानमन्त्रीकै रूपमा ७ फागुन ०७२ मा दिल्ली पुगेका थिए । ६ महिनापछि ३० भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्ड भारत पुगेका थिए ।

प्रधानमन्त्रीको भ्रमणमा योबाहेक अन्य व्यवस्था पनि मिचिएको छ । मन्त्रिपरिषदबाट निर्णय भएर सक्रिय अवस्थामा रहेको उक्त निर्देशिका अनुसार राजकीय भ्रमणमा प्रधानमन्त्रीले आफ्नो श्रीमती, प्रधानमन्त्री कार्यालयका सचिव वा सहसचिव, आफ्ना परराष्ट्र मामिला सम्वन्धी सल्लाहकार एक जना, आफ्नो निजी चिकित्सक, प्रधानमन्त्रीले चोहेको एकजना सहयोगी, दुइ जना सुरक्षाकर्मी वा एडिसी र अर्को एक जना सहयोगी लान पाउँछन् ।

तर प्रधानमन्त्रीको भ्रमण दलमा मुख्य सचिव समेत सहभागी हुने भएका छन् । यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकार लाने व्यवस्था निर्देशिकामा छैन । नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका कार्यान्वयन नगरि भ्रमण दल बनाएर कानुन उल्लंघनको अगुवाइ गरेको आरोप लगाएका छन् ।

उनले सरकारले निर्देशिका बनाउन र आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने तर निर्देशिका यथावत राखेर त्यसको उल्लंघन गर्न नसक्ने बताए । पूर्व सचिव त्रितालले प्रधानमन्त्री ओलीले भ्रमण निर्देशिका विपरित टोली लिएर भारत गए त्यो कानुनी भ्रष्टाचार हुने टिप्पणी गरेका छन् ।

‘मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका, नियमावली पनि कानुृन हो, जतिवेलासम्म त्यो निर्देशिका खारेज गरिदैन, त्यस विरुद्ध अर्को निर्णय गर्न सक्दैन, पूर्व सचिव त्रितालले भने, मन्त्रिपरिषदले निर्देशिका परिवर्तन गर्ने अधिकार राख्छ तर भएको निर्देशिका उल्लंघन गर्ने अधिकार राख्दैन ।’

उनले काम नै नभएका मुख्य सचिवलाई समेत भ्रमणमा राखेर गलत सन्देश दिएको आरोप लगाए । ‘मुख्य सचिवको त्यहाँ कुनै काम हुँदैन । मुख्य सचिव इच्छा लागेर भ्रमणमा जाने पद पनि होइन । उनले भने, हाम्रा मुख्य सचिवले भारतमा प्रधानमन्त्रीको पछि लाग्नेमात्र हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस