ओलीले आफ्नो भारत भ्रमणमा एजेन्डाबारे संसद्लाई जानकारी गराएका छन्। कृषिको आधुनिकीकरण र व्यवसायीकरण, गंगाको बाटोबाट सामान ल्याउन जलमार्ग प्रयोग र विभिन्न परियोजनामा सहुलियत ऋणबारे छलफल हुने लगाएत विषयमा जानकारी दिएका छन् । ओलीमा एजेन्डाबारे आजको अन्नपुर्ण पोष्ट लेख्छः
– गंगाको बाटोबाट सामान ल्याउन जलमार्ग
– विभिन्न परियोजनामा सहुलियत ऋण
– रेलमार्ग, ऊर्जा उत्पादन र व्यापार सम्झौता
– पञ्चेश्वर निर्माण, एकीकृत चेकपोस्ट, हुलाकी राजमार्ग
– सीमापार परियोजना, कृषिको आधुनिकीकरण
– पुनर्निर्माणमा भारतले गरेको सहयोग प्रतिबद्धता कार्यान्वयन
– नेपाल प्रवेश गर्ने थप हवाई बिन्दु
– बाढी र डुबान, पारवहन
– ग्यास बुलेट समस्या
– सार्क सम्मेलन, नोटबन्दी समस्या
भारतका जायज चिन्ता र चासोप्रति नेपालले ध्यान दिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे। आतंकवाद, मानव तस्करी, खुला सीमाबाट हुने आपराधिक गतिविधिजस्ता भारतका जायज चिन्ता र चासोप्रति हामी पनि संवेदनशील छौं’, ओलीले भने।