३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न देउवाको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यको शपथपछि देउवाले कार्यसम्पादनमा ध्यान दिन निर्देशन दिएका हुन्।

यस्तै, पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काको सभापतित्वमा प्रतिष्ठान कार्यसमितिको पहिलो बैठकलाई सम्बोधन गर्दै जिम्मेवारी ग्रहण गरी सकेपछि आत्म अनुशासनमा बस्न ध्यानाकर्षण गराए।

पार्टीलाई संगठित, अनुशासित बनाउँदै समय सापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानको रूपमा सञ्चालन गर्ने दायित्व प्रतिष्ठानमा रहेको विषयलाई जोड दिए।

बैठकले प्रतिष्ठानमा हाल उपलब्ध प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गरी आगामी कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुखलाई प्रतिवेदन बुझाउने गरी कार्य सम्पादन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। आवश्यक परामर्श गरी तत्काल उपसमिति गठन गर्ने जिम्मेवारी प्रतिष्ठान प्रमुखलाई दिएको समेत उनले बताए।

बैठकमा प्रतिष्ठानले यस बीचमा गरेका कामको समीक्षा गर्दै नीति, अनुसन्धान र प्रशिक्षण क्षेत्र लगायत विविध विषयमा छलफल भएको छ ।

बैठकमा नवनियुक्त सदस्यहरू कविराज पण्डित, डा. जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला बर्मा, बलदेव तिमिल्सिना, डा. कृष्णप्रसाद पौडेल, भरत प्रसाईँ, ई. कमल कार्की, प्रताप पौडेल र भवानी प्रसाद पन्तले आ-आफ्ना विचार राखेका थिए।

प्रतिष्ठानको अर्को बैठक कार्त्तिक २८ गते बुधवार सानेपामा बस्नेछ।

प्रतिक्रिया दिनुहोस