३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भर्नाकै दिन विद्यार्थीले किताब पाउने

अ+ अ-

काठमाडौँ । शिक्षा विभागले १० वर्षपछि पहिलोपटक भर्ना गरेकै दिन विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने दाबी गरेको छ ।

आगामी शैक्षिक सत्रका लागि ७७ वटै जिल्लाका सामुदायिक विद्यालयमा आवश्यक पाठ्यपुस्तक ९० प्रतिशतभन्दा बढी छपाइ सकिएको विभागका शैक्षिक सामग्री महाशाखाका प्रमुख देवीराम अर्यालले बताए । विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकबारे जानकारी दिन मुद्रक र वितरकको समेत उपस्थितिमा विभागले बिहीबार पत्रकार सम्मेलन गरेको थियो ।

‘विगतका वर्ष बेलैमा पुस्तक छाप्न नसक्दा विद्यार्थीले पाउँदैनथे, यसपालि समयमै छापेर वितरण केन्द्रहरूमा पठाउन थालेका छौं,’ उनले भने, ‘वितरणमा समस्या नभए भर्ना गरेकै दिन विद्यार्थीका हातमा नयाँ पुस्तक हुन्छ ।’ स्थानीय तहबाट पाठ्यपुस्तकबापतको बजेट लिएर पुस्तक खरिद गर्न उनले विद्यालयहरूलाई निर्देशन दिए । जिल्ला शिक्षा कार्यालयहरूको साटो विभागले पहिलोचोटि कक्षा १ देखि १० को पुस्तक किन्ने रकम ७ सय ५३ वटै स्थानीय तहको खातामा पठाएको हो ।

५५ लाख ३० हजार ५ सय ३१ विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ स्थानीय तहका खातामा पठाइएको हो । यो वर्षबाट ४ र ५ कक्षाका विद्यार्थीले पनि रंगीन पाठ्यपुस्तक पढ्न पाउनेछन् । यसअघि १ देखि ३ कक्षामा मात्रै रंगीन पुस्तक थिए । कक्षा १ देखि ५ को रंगीन पाठ्यपुस्तक निजी र कक्षा ६ देखि १० को पाठ्यपुस्तक जनक शिक्षा सामग्रीलाई छाप्न दिइएको थियो । विभागका सूचीकृत १७ वटा पुस्तक छाप्ने जिम्मा पाएका निजी कम्पनीहरूले ३३ लाख ५ हजार ६ सय १४ विद्यार्थीका लागि एक करोड ६५ लाख २८ हजार ७० थान र जनक शिक्षाले २२ लाख २४ हजार ९ सय १७ विद्यार्थीका लागि एक करोड ९२ लाख ३९ हजार ६ सय ५६ थान पुस्तक छपाइ गर्नुपर्ने थियो ।

निजी कम्पनी र जनक शिक्षाका अनुसार १ देखि ५ कक्षाका लागि ५२ लाख ७८ हजार ७० थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी छ भने ६ देखि १० का लागि ३० लाख ९६ हजार ३ सय ६७ थान पुस्तक छाप्न बाँकी छ । जनक शिक्षाले निजी कम्पनी दुवैले चैत २५ भित्र पुस्तक छपाइ सक्ने जनाएको छ । अर्यालले भने, ‘२५ गतेभित्र किताब छापेर सकिन्छ, त्यसपछि वितरण केन्द्रहरूमा पठाएर वैशाख २ बाट विद्यालयमा पुग्छ ।’

शैक्षिक सत्रबाट विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सँगसँगै गरिने विभागका अनिवार्य शिक्षा शाखाका महानिर्देशक नरहरि अर्यालले बताए । यसपटकबाट सेटै पुस्तक छपाइ गर्ने अवधारणा ल्याइएका कारण विद्यार्थी अपूरो पुस्तक पाउने समस्याबाट समेत मुक्त हुने पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्ण काप्रीले जनाए । जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले बाँकी १० दिनमा सबै पुस्तक छपाइ गरेर वितरण केन्द्रहरूमा पठाइसकिने दाबी गरे । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस