६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल युनेस्को साझेदारी २० औँ वर्षमा प्रवेश

अ+ अ-

काठमाडौ । नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ ।

बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीस भन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा सूचनासँग सम्बन्धित सरकारी नीति एवं कार्यक्रमको सुदृढीकरणका साथै नेपालमा शान्ति निर्माण, गरिबी घटाउने र दिगो विकास तथा अन्तरसांस्कृतिक संवादमा योगदान गर्दै आएको छ ।

लैङ्गिक समानता एवं प्रौढ शिक्षामा विशेष ध्यान दिँदै सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने मुख्य उद्देश्य भएको युनेस्कोले गरेको पैरवीको परिणामस्वरुप राष्ट्रिय योजना आयोगले दशौँ पञ्चवर्षीय योजनामा सबैका लागि शिक्षासम्बन्धी लक्ष्यहरुको प्राप्तिप्रति नेपालको प्रतिबद्धतालाई पुनः जोड दिनाका साथै त्यससँग सम्बन्धित लक्ष्य निर्धारण गरेको थियो ।

औपचारिक एवं अनौपचारिक शिक्षासँग सम्बन्धित विषयमा तथ्यपरक निर्णय गर्न, योजना निर्माण एवं सेवा प्रवाहमा सहयोग पु¥याउन युनेस्कोले शिक्षा विभाग र अनौपचारिक शिक्षा केन्द्रमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको स्थापनामा पनि मद्दत गरेको थियो । दिगो विकास लक्ष्य नं ४ शिक्षा एवं २०३० कार्यक्रम हासिल गर्ने नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युनेस्कोले सबैका लागि साक्षरता एवं जीवनपर्यन्त सिकाइका अवसर प्रदान गर्न सरोकार भएकाहरुको क्षमता विकासमा सक्रियताका साथ काम गरिरहेको उक्त कार्यालयका नेपाल प्रतिनिधि क्रिष्टियन मानहार्ट बताउछन् ।

सांस्कृतिक क्षेत्रमा सो कार्यालयले विविध समुदायबीच सांस्कृतिक विविधता र संवादको प्रवद्र्धनका माध्यमबाट नेपालका मूर्त एवं अमूर्त समृद्ध सांस्कृतिक सम्पदाको जगेर्ना, संरक्षण एवं सुरक्षामा सहयोग प्रदान गरेको छ । कार्यालयले नेपालका चार विश्व सम्पदास्थलको संरक्षण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

भूकम्पबाट क्षति पुगेका काठमाडौं उपत्यकाका स्मारक क्षेत्रको पुनरुद्धार, गौतम बुद्धको जन्मस्थल लुम्बिनीका साथै सो वरपरका बौद्धस्थलको संरक्षण, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता दुई प्राकृतिक विश्व सांस्कृतिक सम्पदास्थलले सामना गरिरहेका चुनौतीको हल गर्न सक्षम निकायलाई प्रदान गरिएको सहयोगलगायत पर्छन् ।

युनेस्कोले बुद्धको जन्म संकेत शिला, मायादेवी मूर्ति र अशोक स्तम्भजस्ता पुरातात्विक कलाकृति संरक्षणको समेत निरीक्षण गरेको तथा लुम्बिनी क्षेत्रका पवित्र उद्यान, खास गरेर मायादेवी मन्दिरमा गरिएको उत्खननबाट इशापूर्व छैटौँ शताब्दीको गौतम बुद्धको जीवनकालीन संरचनाको प्रमाण फेला पारेको छ ।

सञ्चार र सूचनाका क्षेत्रमा सो कार्यालयले पत्रकार, सामुदायिक सञ्चारमाध्यमसँग सम्बद्ध सञ्चारकर्मी तथा मानवाधिकार अभियानकर्मीको क्षमता विकास गरी अभिव्यक्ति स्वतन्त्रता र जनताको सूचनासम्मको पहुँच प्रवद्र्धन गर्दै आएको छ । पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताप्रतिको युनेस्कोको प्रतिबद्धताले ‘मिडिया’ विकासका क्षेत्रमा यसलाई अग्रणीकर्ताका रुपमा स्थापित गरेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस