२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीका लगाउन सर्वसाधारणको चहलपहल

अ+ अ-

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज घरमा मान्यजनको हातबाट टीका ग्रहण गरी आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको छ ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडकहरूमा दसैँको टीका खुलेसँगै चहलपहल बढेको हो । दसैँको टीकाको दिन आज आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन आवतजावतको क्रम सुरु भएको छ ।

महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौँमा दशमीका दिन सर्वसाधारणको आवतजावत बाक्लो भएको छ । सडकमा सार्वजनिक सवारी साधनहरू न्यून मात्रमा चलेका छन् भने निजी सवारीको चाप बढी देखिन्छ । नेपाल प्रहरीले दसैँको अवसरमा सुविधा तथा सहज आवतजावतका लागि दुईवटा निःशुल्क बस सेवासमेत सञ्चालन गरिरहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा सर्वसाधारणको चहलपहलसँगै दुई पाङ्ग्रे सवारी र चार पाङ्ग्रे सवारीको चाप बढ्न थालेको छ । ट्राफिक व्यवस्थापनमा समस्या नभएको र कुनै प्रकारको अप्रिय दुर्घटना नभएको प्रहरी नायब उपरीक्षक एवं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रबिन कार्कीले जानकारी दिए ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने बताइएको छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस