काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ६५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय १४० रुपैयाँ प्रति केजी तोकिएको छ ।



