२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेशनल डे कन्सर्ट’को तयारी तिव्र, सिंहदरवारमा ख्यातिप्राप्त कलाकारहरूसँग छलफल  

अ+ अ-

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा जनस्तरबाट आयोजना गरिने नेशनल डे कन्सर्टको तयारी तिव्र पारिएको छ । औपचारिक कार्यक्रमको अतिरिक्त यस वर्षदेखी जनस्तरबाट आयोजना गरिन लागेको नेशनल डे कन्सर्टका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारीलाई तीव्रता दिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा हुन लागिएको उक्त कन्सर्टका लागि मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार तथा चर्चित व्यक्तिहरू सम्मिलित बृहत् छलफल कार्यक्रम गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरी पुष्करले संयोजन गरेको उक्त कार्यक्रममा नेशनल डे कन्सर्ट आयोजनाबारे जानकारी गराइनुका साथै प्रत्येक क्षेत्रको भूमिकाबारे छलफल भएको छ । उपस्थित कलाकारहरूले यसलाई अत्यन्तै सकारात्मक रूपमा लिएका छन् भने आफ्नोतर्फबाट भरपुर सहयोग रहनेसमेत बताएका छन् । 

उक्त कन्सर्टका लागि राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका व्यक्तिहरू सम्मिलित १५१ सदस्यीय नेशनल डे कन्सर्ट आयोजक समिति गठन गरिएको छ भने सचिव पुष्करको नेतृत्वमा विभिन्न १६ वटा निकाय तथा संस्थाका पदाधिकारी सम्मिलित नेशनल डे कन्सर्ट व्यवस्थापन उप समिति गठन भएको छ । 

असोज तीन गते साँझ ४ बजेदेखि ८ बजेसम्म दरबार मार्ग, काठमाडौँमा सञ्चालन हुने उक्त कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा ब्यान्डहरूले राष्ट्रिय भावनाले ओतप्रोत, राष्ट्रियता झल्कने, राष्ट्रिय भावनालाई उजागर गर्ने प्रस्तुतिहरू दिनेछन् । 

भाषण, मन्तव्य, आसन ग्रहण लगायतका कुनै पनि कार्यक्रम नरहने उक्त कन्सर्टमा एक लाखको संख्यामा उपस्थिति रहने अनुमान गरिएको छ । 

समृद्ध नेपाल, सुखी नेपाली तर्फको उन्मुखतासँगै राष्ट्र प्रेम र एकता संवर्द्धन तथा प्रवर्द्धन गर्ने र राष्ट्र प्रति गौरव बोध गराउने उद्देश्यले जनस्तरबाटै आयोजना गर्न लागिएको भनिएको उक्त कार्यक्रमले संविधान प्रतिको सम्मान बढाउने,हर्ष र रमाइलो वातावरण सिर्जना गर्दै सामूहिक खुसी फैलाउनुका साथै आर्थिक गतिविधिलाई बढावा दिने र सम्पूर्ण नागरिकमा राष्ट्रियताप्रतिको अपनत्व भावनाको जागृति गराउने नेशनल डे कन्सर्ट व्यवस्थापन उप समितिको विश्वास छ । 

मुख्यसचिव एकनारायण अर्यालले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न उपसमितिलाई सक्रियता बढाउन निर्देशन दिएका छन् । साथै नागरिकस्तरबाटै गर्ने भनिएकोले सबै क्षेत्रबाट स्व: स्फूर्तरुपमा योगदान तथा उपस्थिति रहने र मञ्च, लाइट, साउन्ड सिस्टमलगायतका लागि न्यूनतम बजेटमा अत्यन्तै मितव्ययी तवरबाट गर्न समेत भनेका छन् ।