२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ

अ+ अ-

३ चैत, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्धारा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गरे ।

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुन्छ, चिनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ मै निमन्त्रणा गरिएको थियो, सरकार परिवर्तन भएका कारण उहाँको भ्रमण हुनसकेन, यसपटक अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराइनेछ”–उनले भने ।

गत महिना पाकिस्तानी प्रधानमन्त्रीले गरेको भ्रमण सद्भाव र रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन गर्ने विषयमा केन्द्रित भएको मन्त्री ज्ञवालीले बताए ।

“संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपालले पु¥याएको योगदान अनुसार पहुँच पुग्नसकेको छैन, शान्ति सेना पठाउने देशमा नेपाल छैटौँ, सातौँमा पर्छ, त्यस अनुसारको भूमिकाका लागि मेरो कार्यकालमा यसलाई उठाउने प्रयास गर्नेछु”–मन्त्री ज्ञवालीले भने ।अन्तर्राष्ट्रियमञ्च बिम्स्टेक लगायतमा नेपालको उपस्थितिलाई बलियो बनाइने मन्त्री ज्ञवालीको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस