२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ः महिला भेलाबाट समान ज्याला माग

अ+ अ-

विराटनगर । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मूल नाराका साथ क्षेत्र नं १ को महिला मञ्च भेला शुक्रबार सम्पन्न भई समान कामको समान ज्यालाको कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

भेला संयोजक मंजिता उपाध्यायले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महिलाको समानुपातिक, समावेशी संलग्नतासहितको निर्णायक नेतृत्व अभ्यास, हानिकारक प्रथालाई अपराध अन्त्य गर्ने कानुनको निर्माण, घरेलु श्रमलाई उत्पादनमूलक कामका रुपमा ग्रहण जस्ता बुँदा घोषणापत्रमा समेटिएको बताएकी छन् ।

यसैगरी स्थानीय तहमा रोजगारीको व्यवस्था, यौन प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि आवश्यक नीतिनिर्माण, नागरिकको आधारभूत अधिकार पूर्ण कार्यान्वयन, अपांग, दलित, जनजाति, मुसलमान, मधेशी, यौनिक तथा लैंगिक अल्पसंख्यक, एचआइभी संक्रमित, बेचबिखन, द्वन्द्व र हिंसा प्रभावित, एकल आमा एवं विधवालाई राज्यको हरेक संरचनामा विशेष व्यवस्था हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै नागरिकतामा महिलाको समान अधिकार, महिला मानवाधिकार रक्षकको संरक्षणको प्रत्याभूति, जोखिमपूर्ण र मनोरञ्जनलगायत क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व एवं सहकार्य गर्ने प्रतिबद्धता, जोखिममा रहेका महिला, बालबालिका, अशक्त, अपांगता, ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था र सुकुम्बासी पहिचान र बासको अधिकार सुनिश्चित गर्नुपर्ने माग घोषाणापत्रमा गरिएको छ ।

गत फागुन ३० गतेदेखि चैत २ गतेसम्म आयोजित भेलामा प्रदेश नं १ का १४ जिल्लाका महानगर, उपमहानगर र नगरपालिकाका ६० महिला उपप्रमुख, विभिन्न जिल्लाका निर्वाचित महिला प्रतिनिधि, महिला अधिकारवादी संघसंस्थाका प्रतिनिधि गरी ६०० जनाको सहभागिता थियो । यसअघि प्रदेश नं २ र ३ मा मञ्च भेला सम्पन्न भइसकेको महिला अधिकार सञ्जालकी संजिता तिमिल्सिनाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस