काठमाडौं । सहायक रथीबाट उपरथीमा पदोन्नती भएका काजी बहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को फाल्गुन २८ गतेकोे निर्णय अनुसार नेपाली सेनाको उपरथी दर्जामा पदोन्नती भएका युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्य.यु.) का निर्देशक सहायक रथी खत्रीलाई विहिबार जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नती भएका उपरथी खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सह संयोजकको जिम्मेवारी दिईएको छ ।