२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय दिनमा १० हजार किलोमिटर यात्रा गरेर महावीरले बिक्री गरे १ लाख २५ हजार किताब

अ+ अ-

काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख रहेका डाक्टर महावीर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ ।

दुईसय दिनको अभियानमा पुनले २ हजार ८ सय ४० किलोमीटरको यात्रा पूरा गर्दै १ लाख २५ हजार वटा किताब बिक्री गरेका छन् ।

कारखाना सञ्चालनको लागि सरकारबाट पर्याप्त सहयोग नमिलेको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखानाको निर्माणमा लगाउने सोचको साथ अभियान सुरु गरेका हुन् ।

कृषि उत्पादनलाई आधुनिकीकरण गर्ने गरी आफ्नै देशमा औजार, मेसिनरी सामग्री उत्पादन गर्ने भन्दै उनले आविष्कार केन्द्र मार्फत विरगन्जमा बन्द भैसकेको सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याएर मेसनरी औजारको परीक्षण गरेका छन् ।

उद्योगमार्फत धान काट्ने मेसिन, धान झार्ने मेसिन, आलु खन्ने, गोडने र रोप्ने मेसिन लगायत दर्जन बढी मेसिनहरूको सफल परीक्षण भएको उनले बताए ।

कृषि प्रधान देशमा आफ्नै देशमा उत्पादन भएको कृषि औजार प्रयोग गर्न सके उत्पादनको लागत मूल्य घटने, औजारको रूपमा देशको पैसा बाहिर नजाने र देशमानै रोजगारी बढ्ने आफ्नो अपेक्षा रहेको पुनको भनाई छ । आफूहरूले ट्रायल गरेको सामग्रीले सोचे अनुसारनै काम गरेको बताउँदै पुनले अब चाडै उत्पादनको काम अघि बढाउने योजना रहेको सुनाए ।

केन्द्र, प्रदेश र स्थानीय तहको सरकारल कृषि उत्पादनलाई जोड दिनको लागि पनि आधुनिक कृषि उत्पादनको लागि आवश्यक मेसिन उत्पादनलाई बढवा दिनुपर्ने उनको धारणा छ ।

यसैबीच राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्ने क्रममा बागमती प्रदेशको राजधानी हेटौँडा आइपुगेका छन् ।

चितवन हुँदै शनिवार मकवानपुर छिरेका पुनले मकवानपुरको मनहरी गाउँपालिकाबाट आफ्नो आत्मकथाको विक्री सुरु गर्दै आइतबार हेटौँडा बजार क्षेत्र आइपुगेका हुन् । मनहरी क्षेत्रमा सयौँ किताब बेचेका उनले हेटौँडामा मात्र आइतबार र सोमबार गरी १ हजार ४ सय किताब बिक्री भएको डाक्टर पुनले बताए ।

मकवानपुरको हेटौँडा आसपासको क्षेत्रमा अझै ३ दिन बढी रहने आफ्नो अभियान रहेको पुनको भनाइ छ ।