काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले बिहीबारदेखि सर्वोच्च अदालतमा पेशी सूची तोकेका छन् ।
न्याय परिषद्ले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई सेवानिवृत्त भएको जानकारी गराएको भोलिपल्ट वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले बिहीवारको पेशी तोकेका छन्।
पेशीसूची अनुसार जोशीले आफूलाई एउटा एकल इजलास सहित अन्य न्यायाधीशहरुलाई इजलास तोकेका हुन् ।
ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तान, चोलेन्द्र शम्शेर जबरा र डम्बरबहादुर शाही, दीपककुमार कार्की र बमकुमार श्रेष्ठ, केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारी, शारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधान, मीरा खड्का र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की र डा.आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलास तोकिएको छ ।