५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा चौधरीलाई आज भेटेर उनको स्वास्थ्य उपचारबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले पीडकलाई कानूनअनुसार कारबाही गरिने बताए ।

‘यो विकृति हो, यस्ता घटना दोहोरिन नदिन पीडकलाई कारबाही गर्नैपर्ने हुन्छ,’ उनले भने ।

यसैगरी सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले घोडाघोडी नगरपालिकाका प्रमुख एवं एमालेका नेता ममताप्रसाद चौधरीले उक्त घटनालाई गाउँमै मिलापत्र गराएर लुकाउन खोजेको भन्ने आरोपका सम्बन्धमा छानबिन गरी दोषी ठहर भएमा उनीमाथि कारबाही गरिने बताए ।

ती युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज उनीहरु विरुद्ध मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए । भोले बाबाका नामले समेत चिनिने रामबहादुर गाउँमा लामो समयदेखि धामीझाँक्री ९बैद्य०को काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी सहायक निरीक्षक दिनेश विष्टले त्यस दिन गाउँमा अचानक छ ÷सातजना युवतीमा बेहोस् हुने समस्या देखिएकोमा तीमध्ये दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पुर्याउनु परेको बताए ।

रामबहादुरले बेहोस् भएकीमध्ये राधा चौधरीलाई झारफूक गरी निको पार्ने भन्दै झारफूकका क्रममा बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित युवतीले बताएकी छन् । राधाको अवस्था खतारमुक्त रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस